राजावादीहरूको आन्दोलनका कमाण्डर दुर्गा प्रसाई

काठमाडौं - राजावादी आन्दोलनको कमाण्डर अन्ततः व्यवसायी दुर्गा प्रसाई भएका छन् ।
नवराज सुवेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर बनाएको हो ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुवेदी स्वयंले त्यसको जानकारी दिएका हुन् ।
प्रसाईंको नेतृत्वमा भोलि राजावादीहरूले काठमाडौंमा राजावादीले प्रदर्शन गर्दैछन् ।
यसैगरी, राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको पनि जानकारी गराइएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१ १६:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय