Harsamaya
प्रतिनिधिसभाको बैठक बस्दै, बैंकिङ कसुर सम्बन्धी विधेयक टेबुल हुने
संघीय संसद नयाँबानेश्वर ।

काठमाडौं -प्रतिनिधिसभाको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ।

आजको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने भएको छ । 

साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले राष्ट्रियसभामा उत्पति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पति भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाइ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिने भएको छ।
 

Capture.JPG-3446-1742952219.jpg
 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update