
विराटनगर - झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चैत ११ गते मेची बिट र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका–५ स्थितमा चेकजाँचको क्रममा ९ ग्राम १ मिलिग्राम ब्राउन सुगरसहित मे.६ प ९९७७ नम्बरको मोटरसाइकल चालक माई नगरपालिका–५ इलामका ३३ वर्षीय भुपेन्द्र लावती र मोटरसाइकल पछाडि सवार बिर्तामोड–५ का २३ बर्षीय राजिब चौधरीलाई नियन्त्रणमा लिएको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर–१७ बाट को. २९ प ६४२७ नम्बरको मोटरसाइकल चालक बेलबारी–११ का २९ वर्षीय आशिष राई र मोटरसाइकल पछाडि सवार २९ वर्षीय आशिष तामाङलाई ६ ग्राम १२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने सुनसरी धरानका २४ वर्षीय अफ्रोज सिद्धिकीलाई ट्रामाडोल १२० क्याप्सुल र १२० ट्याब्लेटसहित इलाका प्रहरी कार्यालय धरान सुनसरीले पक्राउ गरेको हो ।
प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।