मेलम्चीमा आज सार्वजनिक बिदा

सिन्धुपाल्चोक - मेलम्ची नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ । मेलम्ची नगरपालिकाको नगर सभा सदस्य एवं वडा नं. ६ का वडा सदस्य बिन्द्र बहादुर तामाङको निधनमा नगरपालिकाले शोक बिदा दिएको हो । तामाङको गएराति १ बजेर २० मिनेटमा निधन भएको थियो ।
नगरपालिकाले शोक विज्ञप्ति जारी गर्दै नगरपालिका विद्यालयहरूमा नियमित रूपमा संचालन भइरहेका सम्पूर्ण परीक्षाहरू प्रभावित नहुने गरी नगरपालिका र अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय भएको जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१ १०:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय