Harsamaya
 कुलमानलाई हटाउनु सरकारको कुशासनको निरन्तरताको कडी- डा. शेखर 
नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला ।

काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई हटाउनु सरकारको कुशासनको निरन्तरताको अर्को कडी रहेको बताएका छन् ।

उनले सामाजिक संजालमा मंगलबार लेख्दै कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि सरकारले कहिल्यै गर्न नसक्ने बताए । उनले यसको स्वामित्व नेपाली काँग्रेसले लिन नहुने बताए । 

उनले लेखेका छन्– ‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कति दिन चल्ने र चलाउने ? विनाशकाले विपरीत बुद्धि ।’

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update