Harsamaya
प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत
प्रेस चौतारीको अध्यक्ष गणेश पाण्डे ।

काठमाडौं - प्रेस चौतारीको अध्यक्षमा अन्ततः गणेश पाण्डे चयन भएका छन् ।

निवर्तमान अध्यक्ष गणेश बस्नेतले पाण्डेलाई सर्वसम्मत रूपमा पाण्डेलाई चयन गरेको घोषणा गरेका हुन् ।

उनका अनुसार केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी तथा महासचिव हिरामान लामा नै दोहोरिएका छन् ।

महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको निवर्तमान अध्यक्ष बस्नेतले जानकारी दिए । उनले केन्द्रीय समितिका अन्य सदस्य पनि सर्वसम्मत भएको भन्दै नामावली घोषणा गरेका छन्  । 

 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update