Harsamaya
महाअभियोग लागेका कोरियाका कार्यवाहक राष्ट्रपतिको पुनर्बहाली
दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सु ।

एजेन्सी - दक्षिण कोरियाको संवैधानिक अदालतले सोमबार निलम्बित प्रधानमन्त्री हान डक–सु को महाअभियोग खारेज गरेको छ । महाभियोग लगाउन संसदले दर्ता गरेको प्रस्तावलाई अस्वीकार गरिएको हो ।

महाअभियोग खारेज लगत्तै हानलाई प्रधानमन्त्री र कार्यवाहक राष्ट्रपतिको रूपमा पुनस्र्थापित गरिएको छ ।

तत्कालीन राष्ट्रपति युन सुक योललाई महाअभियोग लागेपछि प्रधानमन्त्री हान कार्यवाहक राष्ट्रपति बनेका थिए । उनलाई पनि महाअभियोग लागेपछि निलम्बित भएका थिए ।

अदालतका कार्यवाहक प्रमुख मुन ह्युङबेले पाँच न्यायाधीशले यसलाई अस्वीकार गरेपछि र बाँकी दुई न्यायाधीशको खारेजीको रायको बीचमा एक जनाले यसलाई समर्थन गरेपछि प्रस्ताव खारेज भएको बताए।

नौ सदस्यीय इजलासमा हाल आठ न्यायाधीश छन् किनकि एक जनालाई देशको कार्यवाहक राष्ट्रपतिले नियुक्त गर्न बाँकी छ। 

डिसेम्बर २७ मा संसदमा निर्वाचनमार्फत् हानविरुद्ध महाभियोग लगाइएको थियो । त्यसपछि उनी निलम्बित भएका थिए । अदालतले पदमा पुनर्बहाली गरेपछि हानले धन्यवाद ज्ञापन गर्दै आफू निलम्बनमा रहँदा मन्त्रीहरूले कडा मेहनतका साथ काम गरेको भन्दै तारिफ गरे ।
 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update