Harsamaya
इभी गाडीलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री राई
कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई(पिके) ।

इटहरी - कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई(पिके)ले विद्युतीय माध्यमबाट संचालन हुने सवारीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् ।

सोमबार इटहरीमा एक स्वरुमको उदघाटन गर्न आएका मन्त्री राईले आफू मन्त्री भएर आएर पनि कार्यालयमा आवश्यक साधन खरिद गर्दा विद्युतीय माध्यमकै सवारी साधन खरिद गर्न निर्णय गराएको स्मरण गराए ।

मन्त्री राईले जलवायु परिवर्तनको सामना गरिरहेका मुलुकहरूका लागि विद्युतीय गाडी परिवर्तनलाई निराकरण गर्नका लागि महत्वपूर्ण सावित हुनेमा विश्वास व्यक्त गरेका छन् । 

‘हाम्रा हिमालहरू काला भइसकेको अवस्था छ, वातावरणमा प्रदूषण बढिरहेको रहेको छ । हामीले हाम्रो पानीको सदुपयोग गरेर उत्पादित विद्युतबाटै प्रदूषणरहित सहर र वातावरण बनाउन सक्छौं,’उनले भने । 

कार्यक्रममा इभी प्रयोगकर्ताहरुले मर्मत सम्भारका साथै सरकारी चार्जिङ स्टेसनलाई व्यवस्थित गर्दै अपग्रेट गर्दै जानुपर्नेमा जोड समेत दिएका छन् ।
 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update