Harsamaya
छोरीलाई सामान पुर्‍याउन हिँडेका कुमाल कालिगण्डकीमा बेपत्ता
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - कालिगण्डकी नदीमा हामफालेका एक व्यक्ति अझै भेटिएका छैनन्।

आइतबार अपरान्ह पाल्पा रामपुर नगरपालिका-१० कुमार टोलका ५८ वर्षीय मेघनाथ कुमाल कालिगण्डकी नदीमा हाम फालेका थिए।

प्रहरीका अनुसार स्याङ्जा चापाकोट-१ तेउनास हिँडेका उनी उक्त स्थानमा नपुगी कालिगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका थिए।

तेउनासस्थित किनारबाट नदीमा हाम फालेपछि श्रीमतीले देखेकी थिइन्। बाख्रा चराउँदै गरेकी श्रीमतीले नदीमा हाम फालेको देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा बाहिर रहेकी छोरीलाई सामान पठाउन उनी घरबाट हिँडेका थिए।

इलाका प्रहरी कार्यालय स्याङ्जाको टोलीले कुमालको खोजी गरिरहेको भए पनि अहिलेसम्म नभेटिएको तिवारीले बताए।

‘के कारण उनी नदीमा हाम फाले भन्ने खुलेको छैन, घरमा विवाद भएको भन्ने बुझिएको छैन,’ तिवारीले भने।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update