Harsamaya

काडमाडौं - सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ४ निर्माण कम्पनीलाई कालोसूचीमा परेको जनाएको छ । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । 

जसमा १ निर्माण कम्पनीलाई ३ वर्ष, १ निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य २ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ । कालोसूचीमा परेकाहरु सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रकृयामा भाग लिन पाउँदैनन् ।

news_m4tgcsv3bst-1742811106.png
 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update