Harsamaya
गायिका मेलीना र गायक कमललाई पुत्र लाभ
गायिका मेलीना मैनाली र गायक कमल खत्री ।

काठमाडौं - गायिका मेलीना मैनाली र गायक कमल खत्रीलाई पुत्र लाभ भएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमा छोराको तस्वीर राख्दै गायक खत्रीले यो खबर सुनाउन पाउँदा खुसी लागेको बताएका छन् । 

उनले लेखेका छन्, ‘आज जीवनको सबैभन्दा अविस्मरणीय दिनमध्ये एक बनेको छ। पहिलो पटक बाबु–आमा बन्न पाउँदा जुन खुशी अनुभूति गरिरहेको छु, त्यो शब्दमा व्यक्त गर्न गार्हो छ। मेरो परिवारमा न्यानो उज्यालो लिएर आएको मेरो सानो राजकुमारलाई स्वागत छ ।’

साथै खत्रीले यो समयमा सहयोग गर्ने सम्पूर्ण अस्पतालको डाक्टर, नर्स र सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद पनि भनेका छन्। माया, आशीर्वाद, र हौसला दिने सबैमा धन्यवाद दिएका छन् । कमल र मेलीना २०७९ असोज १६ गते वैवाहिक बन्धनमा बाँधिएका थिए ।
 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update