लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले तिरे विद्युत् बक्यौता

काठमाडौं - नवलपरासीको सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापतको बक्यौता महसुल तिर्न सुरु गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण, परासी वितरण केन्द्रका अनुसार कम्पनीले शुक्रबार २३ करोड ७९ लाख रुपियाँ बक्यौतामध्ये पहिलो किस्ताबापत ८४ लाख ९८ हजार रुपियाँ बुझाएको हो । केन्द्रका प्रमुख सुरज रेग्मीका अनुसार उद्योगले २८ किस्तामा बक्यौता तिर्ने प्रतिबद्धता जनाएको छ ।
सुनवलमै सञ्चालित सर्वोत्तम सिमेन्टले बक्यौताबापतको दोस्रो किस्ता पनि बुझाएको केन्द्रले जनाएको छ । २८ किस्तामा बक्यौता तिर्ने प्रतिबद्धता जनाएको उद्योगले शुक्रबार दोस्रो किस्ताबापत ३७ लाख ६३ हजार रुपियाँ बुझाएको हो ।
उद्योगको बक्यौता ११ करोड ९६ लाख रुपियाँ रहेको छ ।
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१ १५:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय