Harsamaya
वीरगन्ज सुक्खा बन्दरगाहबाट फागुनमा  ‘रेकर्ड ब्रेक’ कलेक्सन
वीरगञ्‍ज नाका: जुन नेपाल र भारतको सीमानाका हो । जहाँबाट नेपालबाट जाने सामान भारत निर्यात हुन्छन् भने भारतबाट आउने सामानहरु ल भित्रन्छन् । पेट्रोलियम पदार्थहरू धेरै यही नाकाबाट भित्रने गर्दछन् । तस्वीर:भवेश श्रेष्ठ

पर्सा - वीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा उल्लेखनीय प्रगति गर्दै कुल ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागले वर्षभरिका लागि दिएको ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व लक्ष्यतर्फ यो संकलनले करिब ५४ प्रतिशत प्रगति गरेको छ।

भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व संकलन भएको छ, जुन पछिल्लो समयको सशक्त प्रदर्शन मानिएको छ।

आठ महिनाको मासिक संकलन विवरण यस्तो छ:
साउन: ३ अर्ब ७५ करोड

भदौ: ४ अर्ब ६४ करोड

असोज: ४ अर्ब ३६ करोड

कात्तिक: ३ अर्ब ७९ करोड

मंसिर: ३ अर्ब २२ करोड

पुस: ३ अर्ब ५६ करोड

माघ: ४ अर्ब २९ करोड

फागुन: ४ अर्ब ६८ करोड

फागुन महिनामा सबैभन्दा बढी राजस्व संकलन भएको छ । जसले बन्दरगाहको कार्यसम्पादनमा सकारात्मक सुधारको संकेत दिएको छ।

कार्यालय स्रोतका अनुसार डिजिटल प्रणालीको प्रयोग, चुस्त अनुगमन, र व्यवसायमैत्री वातावरण निर्माणले राजस्व वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको हो।

सरकारले राजस्व वृद्धिमा वीरगन्ज बन्दरगाहको योगदानलाई ‘मोडेल’ बनाउने तयारी गरेको छ। आर्थिक गतिविधिमा यो बन्दरगाहको प्रभावकारिता अझ बढाउने योजना रहेको भन्सार स्रोत बताउँछ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update