Harsamaya
भक्तपुरमा खोटाङका ओम प्रकाश मृत फेला
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - भक्तपुरमा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । 

आइतबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडे निलबाराही स्थित पिकनिक स्पोर्टको पार्किङ स्थलमा खोटाङको केपिलासगढी गाँउपालिका वडा नं. २ घर भई हाल बोडे बस्ने वर्ष ६६ वर्गीय ओम प्रकाश राई मृतावस्थामा फेला परेका हुन् । 

कवाडीको सामान टिप्ने काम गर्ने उनी दाइने कानको छेउ र टाउकोमा चोट देखिएको अवस्थामा मृत फेला परेको भक्तपुर प्रहरीले जनाएको छ । 

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको एक विज्ञप्तिमार्फत जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update