Harsamaya
सिल्क ट्रान्सपोर्टले  २० करोड १६ लाख तिरेर छुटायो आफ्ना कर्मचारी
सिल्क ट्रान्सपोर्ट ।

काठमाडौं - सिल्क ट्रान्सपोर्टले  २० करोड १६ लाख रुपैयाँ धरौटी बुझाएर आफ्ना कर्मचारीलाई छुटाएको छ । राजस्व अनुसन्धान विभागमा २० करोड १६ लाख रुपैयाँ धरौटी तिरेर सिल्कले कर्मचारी छुटाएको हो । इमाडोलस्थित गोदामबाट ८६ हजार थान अवैध इलेक्ट्रिक चुरोट (भेप)सहित दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो ।

गोदामका कर्मचारीले यति ठूलो रकम बैक ग्यारेन्टी राख्न नसकेपछि सिल्कले राखेको हो। बैंक ग्यारेन्टी राख्ने समयसम्म सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पा भने भूमिगत थिए । बैंक ग्यारेन्टी राखिएपछि मात्रै शेर्पा सार्वजनिक भएका हुन् । 

प्रहरीले सिल्क ग्रुपको गोदामबाट बरामद गरेको अवैध भेप कसको हो भन्नेबारे पक्राउ परेका ती कर्मचारीहरूले यकिन बयान नदिएको बताएको छ ।

पक्राउ परेकालाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने प्रावधान छ। खास मालिक पहिचान नभएको र अनुसन्धानका लागि तोकिएको समय पूरा नभएका कारण भेपको मूल्य यकिन गरेर धरौटी माग गरिएको थियो ।
 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update