
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व उपराष्ट्रपति तथा राष्ट्रपति चुनावमा उनकी प्रतिद्वन्द्वी कमला ह्यारिसको सुरक्षा क्लियरेन्स खारेज गरेका छन् । उनले पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनलगायत धेरै पूर्व अमेरिकी प्रशासनका अधिकारीहरूको सुरक्षा क्लियरेन्स पनि रद्द गरेका छन्। हिलारी क्लिन्टन सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा ट्रम्प क्लिन्टनकी प्रतिद्वन्द्वी हुन् ।
सुरक्षा क्लियरेन्सले कुनै पनि अमेरिकी नागरिकलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य जानकारी पहुँच गर्न अनुमति दिन्छ। डोनाल्ड ट्रम्पले फेब्रुअरी महिनामा नै जो बाइडेनको सुरक्षा क्लियरेन्स अन्त्य गर्न लागेको बताएका थिए ।
ट्रम्पले आफ्नो नयाँ घोषणामा यसको पुष्टि गरेका छन्। उनले बाइडेन परिवारका ‘अन्य सदस्य’ को सुरक्षा क्लियरेन्स खारेज गरिरहेको बताए । ट्रम्पले जारी गरेको ज्ञापनपत्रमा भनिएको छ, ‘म विश्वस्त छु कि देशको सुरक्षासँग सम्बन्धित गोप्य जानकारीमा यस्ता व्यक्तिको पहुँच राष्ट्रिय हितमा छैन।’
पूर्व अमेरिकी राष्ट्रपति र पूर्व उच्च सुरक्षा अधिकारीहरूबाट सुरक्षा क्लियरेन्स फिर्ता लिइँदैन भन्ने अमेरिकामा चलन छ। यसलाई शिष्टाचारको प्रतीक मानिन्छ।