कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ ।
कार्यसम्पादन समितिको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कामकारबाहीको समीक्षा र पार्टीको भावी रणनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।
गत मंगलबार सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१ ०७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय