Harsamaya
यी पाँच प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने 
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा । तस्वीर: हर समय/Har Samaya

काठमाडौं - हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ।

दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

राती भने कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोशी प्रदेश र मधेश प्रदेशका केही स्थानहरू र बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update