Harsamaya
पूर्व मुख्यसचिवसहित सचिवहरूसँग शेखरले गरे छलफल
नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले प्रशासनिक क्षेत्रका अग्रज व्यक्तिहरू भेटेका छन् । 

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले प्रशासनिक क्षेत्रका अग्रज व्यक्तिहरू भेटेर छलफल गरेका छन् । 

कोइरालाले शनिबार काठमाडौंमा नेपालको पछिल्लो राजनीतिक,आर्थिक, भु-राजनीति तथा साँस्कृतिक जस्ता विषयमा नेपाल सरकारका पूर्वमुख्यसचिव तथा पूर्वसचिवहरूसँग छलफल गरेका हुन् । 

छलफलमा कांग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, पूर्व मुख्यसचिव सोमलाल सुवेदी, पूर्व सचिवहरु- भानु आचार्य, उमेश मैनाली, देवेन्द्र सिटौला र पुर्णचन्द्र भट्टराई थिए । 

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update