-1742651229.jpg)
काठमाडौं - नेपाली काँग्रेसनिकट राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको महाधिवेशनमा प्रहरीले लाठीचार्ज गरेको छ । सानेपामा जारी संघको प्रथम महाधिवेशनमा दृष्टिविहीन प्रतिनिधिले अपांगमैत्री विद्युतीय भोटिङ मेसिनको माग गर्दै नाराबाजी गरेपछि प्रहरीले लाठीचार्ज गरेको हो । लाठीजार्चबाट दर्जनौं घाइते भएको सभापतिका उम्मेदवार विकास थापाले जानकारी दिएका छन् ।
संघको महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन राख्ने सहमत्ति १५ दिन अगाडिनै भएको थियो । तर त्यसविपरीत निर्वाचन प्रणालीमा जाँदा विद्युतीय मेसिन नभएपछि प्रतिनिधहरूले आपत्ति जनाएका थिए । नारावाजी सुरु गरेपछि आचार्यले गृहमन्त्री रमेश लेखकको पावर लगाउँदै अध्यक्षका दुई उम्मेदवारलाई पार्टी कार्यालय सानेपाभित्रै थुनेका थिए । उनीहरुलाई निर्वाचन प्रक्रियामा भागलिनसमेत निदइ आचार्यले एकलौटी रुपमा निर्वाचन प्रक्रिया अगाडि बढाए ।
यता, अध्यक्षका उम्मेदवार विकास थापा र कल्पना खड्काले प्रहरीको घेराबन्दीमा राखी बुथमा जान, मत माग्न जान पनि नदिइपछि निर्वाचन नै बहिष्कार गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उनीहरुले निर्वाचन बहिष्कार गरेका हुन् । उनीहरूले यस्तो अवैधानिक र अलोकतान्त्रिक र एक पदीय निर्वाचन खारेजीको माग गरेका छन् । उनीहरूले निर्देशक समितिका संयोजक आचार्यको राजीनामा समेत मागेका छन् ।