गोरखकाली र गोरखनाथको विशेष पूजापछि पूर्वराजा ज्ञानेन्द्रले भने - देशमा शान्ति चाहिएको छ

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको गोरखकाली र गोरखनाथ मन्दिरमा विशेष पूजा गरेका छन् ।
उनले दुई घण्टा लगाएर गोरखकाली र गोरखनाथको पूजाआजा गरेका हुन् । उनी १० बजे मन्दिर पुगेका थिए । पूजापछि सञ्चारकर्मीसँग बोल्दै पूर्वराजा शाहले देशमा शान्ति चाहिएको बताएका छन्। साथै उनले कसैले पनि कसैको कुभलो नचिताओस् भन्ने कामना पनि गरे।
उनले भने,’अहिले देशमा शान्ति चाहियाछ। कसैले पनि कसैको पनि कुभलो नचिताओस् र केही खराब नचिताओस् भन्ने मेरो कामना छ।’ पूर्खाको थलो पुगेर खुशी लागेको उनले प्रतिक्रिया दिएका छन् । उनले गोरखा दरबारको अवलोकनसमेत गरेका छन् ।
प्रकाशित मिति: शनिबार, चैत ९, २०८१ १९:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय