Harsamaya
लोकतान्त्रिक अपांग संघको निर्वाचन खड्का र थापाले गरे बहिष्कार, मधु आचार्यले एकलौटी गरेको आरोप
अध्यक्षका प्रत्याशीद्वय विकास थापा र कल्पना खड्का ।

काठमाडौं - नेपाली काँग्रेसनिकट नेपाल लोकतान्त्रिक अपांग संघको निर्वाचन अध्यक्षका दुई उम्मेदवारले बहिष्कार गरेका छन् । निर्देशक समितिका संयोजक मधु आचार्यले एकलौटी गरेपछि अध्यक्षका प्रत्याशीद्वय कल्पना खड्का र विकास थापाले बहिष्कार गरेका हुन् ।

आचार्यले अध्यक्षका उम्मेदवारद्वय खड्का र थापालाई प्रहरीको घेराबन्दीमा राखेर अर्का उम्मेदवार माधव चौम्लागाईलाई लिएर निर्वाचन प्रकिया अगाडि बढाएका हुन् । खड्का र थापा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डा शेखर कोइराला निकट छन् । 

चौम्लागाई महामन्त्री गगन थापा निकट मानिन्छन् भने आचार्य पनि थापा निकट नै हुन् । आचार्यले निर्वाचन आचारसंहिता समेत नबनाइ, प्रतिनिधिहरूको नाम सार्वजनिक नगरी निर्वाचन प्रकिया अगाडि बढाएका छन् । अपांगहरूलाई प्रहरीको घेरामा राखेर दमन गरेको प्रति सबैतिरबाट आलोचना भएको छ । 

 

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update