Harsamaya
१८ घन्टा पछि सुचारू भयो बेलायतको एयरपोर्ट
बिजुलीको सबस्टेसनमा आगलागीका कारण लन्डनको व्यस्त विमानस्थलमा बिजुली बन्द भएपछि विमानहरूको आवतजावतको कार्य ठप्प ।

लन्डन - बिजुलीको सबस्टेसनमा आगलागीका कारण लन्डनको व्यस्त विमानस्थलमा बिजुली बन्द भएपछि विमानहरूको आवतजावतको कार्य ठप्प भएको थियो। 

पहिलो विमान शुक्रबार राति करिब १८ घण्टा पछि हिथ्रो विमानस्थलमा अवतरण गरेको छ । यो युरोपको सबैभन्दा व्यस्त हवाई यात्रा केन्द्र हो।

ब्रिटिश एयरवेजको जेट सूर्यास्त हुनुभन्दा ठीक अघि अवतरण भएको छ । हिथ्रोले आफ्नो बन्द गरिएको एयरपोर्टको खुल्ला भएको सूचना जारी गरेको छ । तर, हिजोदेखि आजसम्म हजारौं यात्रुहरूको विश्वव्यापी यात्रामा बाधा पुर्‍याएको थियो।

उडान ट्र्याकिङ सेवा फ्लाइटराडार २४ ले हिथ्रो जाने र आउने कम्तीमा १ हजार ३५० उडान प्रभावित भएको र प्रभाव केही दिनसम्म रहने सम्भावना रहेको बताएको छ। यात्रुहरूले आफ्नो यात्रालाई पुनः तालिका बनाउन प्रयास गरिरहेका छन् र एयरलाइन्सहरूले विमान र चालक दललाई पुनः प्रयोग गर्न काम गरिरहेका छन्।

हिथ्रो र वरपरका शहरहरूमा एक दिनको होटलको भाडा ५ गुणाले बढेको थियो । हिथ्रो व्यवस्थापनले यात्रुहरूलाई विमानस्थलमा नआउन र यात्रा कार्यक्रमका सम्बन्धमा सम्बन्धित एयरलाइन्स कम्पनीसँग सम्पर्क गर्न आग्रह गरेको छ । शुक्रबार मध्यरातअघि विमानस्थल खुल्न सकेको थिएन ।

शुक्रबार हिथ्रो विमानस्थलबाट २ लाख ९१ हजार यात्रु बोकेर १ हजार ३ सय ५१ उडान हुने तयारी थियो । तर, हिथ्रो एक्कासि बन्द भएपछि अन्य देशबाट आउने धेरै विमान बेलायत र छिमेकी देशका अन्य सहरको विमानस्थलमा अवतरण गर्नु परेको थियो ।

 
 

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update