Harsamaya
माओवादी स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान बस्ने
माओवादी केन्द्रको झण्डा
काठमाडौं - नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएको छ । 
 
आजको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा पेश गर्ने भनिएको राजनीतिक प्रतिवेदन माथि छलफल गरेर अन्तिम रूप दिने लगायतका एजेन्डा रहेको थियो । 
 
भोलि देखी सुरू हुने केन्द्रीय समिति बैठकमा पेश गर्न लागेको  ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन टुंग्याउनका लागि आज बैठक बस्न लागेको हो ।
 
बैठक दिउँसो २ बजेवाट सुरू हुने भनिए पनि अन्तिम समयमा स्थगित भए पछि सो बैठक भोली बिहान ८ बजे बस्ने भएको छ ।
 
स्थानीय तहको उपनिवार्चन परिणामबाट हौसिएको माओवादी केन्द्रले २०८४ सालको निर्वाचन एक्लै लड्ने घोषणा गरिसकेको छ ।
 
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update