Harsamaya
तनहुँमा पाँच दिनदेखि हराएका युवा नदी किनारमा मृत अवस्थामा फेला, रहस्य अझै गहिरिँदै
सांकेतिक तस्वीर: हर समय/Har Samaya

दमौली - पाँच दिनअघि अचानक बेपत्ता भएका गोरखाका ३० वर्षीय युवा राहुल कुमालको शव तनहुँको मस्र्याङ्दी नदी किनारमा फेला परेको छ। चैत ५ गतेदेखि सम्पर्कविहीन रहेका कुमाल आज एक्लेफाँटस्थित मस्र्याङ्दी नदीमा मृत अवस्थामा भेटिएपछि स्थानीय क्षेत्र स्तब्ध बनेको छ।

राहुल कुमाल गोरखाको नौ किलो घर भइ आबुखैरेनी गाउँपालिका–२ स्थित ऐना होटलमा काम गर्दै आएका थिए। उनी बेपत्ता भएपछि परिवार तथा साथीहरू चिन्तित बनेका थिए भने प्रहरी र शसस्त्र प्रहरीले खोजी कार्य तीव्र बनाएका थिए।

शव फेला परेको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले कुमालको शव शसस्त्र प्रहरी बल मनकामना गण भानुको टोलीले फेला पारेको जानकारी दिनुभयो।

कसरी र किन कुमालको मृत्यु भयो भन्ने प्रश्नले रहस्य गहिरिएको छ। आत्महत्या वा दुर्घटना भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ। परिवार र स्थानीय बासिन्दाले निष्पक्ष छानबिनको माग गरेका छन्।

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update