Harsamaya
ठोरी गाउँपालिकाका कांग्रेस उपसभापति माओवादीमा प्रवेश
ठोरी गाउँपालिकाका नेपाली कांग्रेसका उपसभापति केदारबहादुर देउजा नेकपा माओवादी केन्द्रमा प्रवेश।

ठोरी - ठोरी गाउँपालिकाका नेपाली कांग्रेसका उपसभापति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

जारी ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अन्तर्गत मधेसको अन्तिम कार्यक्रममा कांग्रेस उपसभापति माओवादीमा प्रवेश गरेका हुन् । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार पर्सा जिल्ला ठोरी गाउँपालिकामा जनभेटघाट तथा जनसभामार्फतनेपाली कांग्रेस ठोरी गाउँपालिका उपसभापति केदारबहादुर देउजा पार्टीमा प्रवेश गरेका हुन् । 

सचिवालयका अनुसार देउजा लगायत विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेकालाइ अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update