Harsamaya
अखिलका स्ववियु सभापतिका उम्मेदवार श्रेष्ठले गरे क्याम्पसमा तोडफोड 
चौतारा बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) बाट सभापतिको उम्मेदवार बनेका अमृत श्रेष्ठले क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेका छन् ।

सिन्धुपाल्चोक - चौतारा बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) बाट सभापतिको उम्मेदवार बनेका अमृत श्रेष्ठले क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेका छन् । आज बिहान श्रेष्ठ समूहले क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेका हुन् । क्याम्पसमा ५ गते विवाद भएपछि मतदान रोकिएको थियो ।

स्ववियु निर्वाचनको विषयलाई लिएर अखिल क्रान्तिकारीले ध्यानाकर्षण पत्र समेत क्याम्पस प्रमुख प्रशासनलाई हिजो बुझाएको थियो । ‘ध्यानाकर्षण पत्रमा हामी छलफलमा नै थियौँ आगामी ११ गते सम्ममा हामी  पार्टीका नेतृत्वसँग छलफल गरेर निकासा दिन्छौँ भनेका थियौँ तर यस्तो गतिविधि हामीले सोचेका थिएनौँ’, क्याम्पस संचालक समितिका एक सदस्यले जानकारी दिए। 

चैत ५ गते निर्वाचनको क्रममा अखिल क्रान्तिकारीले फर्जी मत हालेपछि नेविसंघ र अनेरास्ववियुका विद्यार्थी नेताले मतपेटिकामा समेत लात्ती प्रहार गरेका थिए।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update