Harsamaya
रेकर्ड तोडेको सुनको मूल्यमा आकस्मिक गिरावट, आज हजारले सस्तियो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा लगातार उच्च मूल्य कायम गर्दै आएको सुनको भाउ आज अप्रत्याशित रूपमा घटेको छ। केही दिनअघि मात्र ऐतिहासिक उचाइमा पुगेको सुन शुक्रबार प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजार रुपैयाँमा झरेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ हालसम्मकै उच्च दर १ लाख ७६ हजार रुपैयाँमा पुगेको थियो, जुन बिहीबार पनि स्थिर रहेको थियो। तर, शुक्रबार बजारमा हलचल देखिँदा भाउ घटेको हो।

यता, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ।

लगातार उकालो लागेको सुनको मूल्यमा आएको यो गिरावटले लगानीकर्तामाझ मूल्य सम्हालिने संकेत देखिएको विश्लेषण गरिएको छ। आगामी दिनमा अमेरिकी डलरको दर, अन्तर्राष्ट्रिय बजारको माग तथा मौद्रिक नीतिले सुनचाँदीको भाउलाई थप प्रभावित गर्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update