एनएमबि बैंकको सेयर बिक्रीमा

काठमाडौं - एनएमबि बैंकले सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २२ हजार १२ कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेको हो। यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (चैत ८ गते) बाट ३५ दिन भित्र बैंकको सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनु पर्नेछ। उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१ ११:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय