Harsamaya
आज विश्व कविता दिवस: पाँच अन्तर्राष्ट्रिय दिवस एकैदिन
विश्व कविता दिवस।ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं - आजको दिन विश्वभर पाँच महत्वपूर्ण अन्तर्राष्ट्रिय दिवसहरू मनाइँदै छन्। यी दिवसहरू आ–आफ्नै महत्त्व बोकेर आएका छन् । जसले प्रकृति, समानता, स्वास्थ्य, संस्कृति, र साहित्यलाई केन्द्रमा राख्छन्।

संयुक्त राष्ट्रसंघले घोषणा गरेका यी दिवसहरू विभिन्न देशहरूमा आ–आफ्नै शैलीमा मनाइँदैछ। आजको दिन विश्व कविता दिवस, अन्तर्राष्ट्रिय वन दिवस, जातीय भेदभाव उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस, अन्तर्राष्ट्रिय नौरोज दिवस र विश्व डाउन सिन्ड्रोम दिवस परेका छन्।

वन दिवस र हिमनदी संरक्षण
विश्वभर दुई अर्बभन्दा बढी जनसङ्ख्या स्वच्छ पानीका लागि हिमनदीमा निर्भर छन्। जलवायु परिवर्तनको असरले हिमनदी पग्लने क्रम तीव्र भएकाले यो दिवसले वातावरणीय सचेतनामा विशेष ध्यान दिन्छ।

जातीय भेदभाव उन्मूलन दिवस
जातीय विभेदविरुद्धको चेतना फैलाउने यो दिवसले समानताको लागि आवाज उठाउन प्रेरित गर्छ।

विश्व कविता दिवस
साहित्य र सिर्जनात्मकताको सम्मानस्वरूप आज विश्वभर कविता प्रेमीहरू विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन्।

नौरोज दिवस
मध्य एशियाली, बाल्कन, ककेसस, र इरान क्षेत्रमा नौरोज पर्व नयाँ वर्षको सुरुवात र वसन्त ऋतुको स्वागतस्वरूप धुमधामले मनाइन्छ।

डाउन सिन्ड्रोम दिवस
डाउन सिन्ड्रोम एक आनुवंशिक अवस्था हो, जसले स्वास्थ्य, शिक्षा, र समाजमा विशेष ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिन्छ।

आजको दिन पृथ्वी, मानवता, कला, र संस्कृति प्रति सम्मान व्यक्त गर्ने दिन मात्र होइन, बरु विविधतालाई आत्मसात् गर्दै सहअस्तित्वको मार्गप्रति प्रतिबद्धता जनाउने अवसर पनि हो।
 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update