
हुम्ला - सात वटा गाउँपालिकाका स्वास्थ्य चौकीको प्रगति विवरणमा सिमकोट गाउँपालिका उत्कृष्ट ठहरिएको छ। न्यूनतम सेवा मापनमा सिमकोट गाउँपालिकाका तीन वटा स्वास्थ्य चौकी सबैभन्दा बढी अंक प्राप्त गरेर उत्कृष्ट ठहरिएका हुन् ।
जिल्लाभरका चौकी र आधारभूत स्वास्थ्य सेवा स्वास्थ्य केन्द्रको न्यूनतम सेवा मापदण्डमा सिमकोट गाउँपालिकाका तीन वटा पुराना स्वास्थ्य चौकी उत्कृष्ट तीनमा पर्न सफल भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक प्रतीक्षा भारतीले बताए ।
आर्थिक वर्ष २०८१/८२ मा सिमकोट गाउँपालिकाका स्वास्थ्य चौकी न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट भएको बताउँदै उनले सिमकोट गाउँपालिका-८ को स्याँडा स्वास्थ्य चौकी ८६ प्रतिशत अंक प्राप्त गरेर पहिलो भएको छ । वडा नं. २ को ठेहे स्वास्थ्य चौकीले ८५ प्रतिशत अंक प्राप्त गरेर दोस्रो र वडा नं. ७ को डाँडाफया स्वास्थ्य चौकी ८४ प्रतिशत अंक प्राप्त गरेर तेस्रो भएको बताए ।
यसको मापन ३८२ वटा सूचकलाई तीन क्षेत्रमा विभाजन गरी छनोट गरिएको थियो ।