ललितपुरका केही क्षेत्रमा आज २ घण्टा बिजुली कटौती, प्राधिकरणको सूचना

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज दिउँसो १२ देखि २ बजेसम्म बिजुली कटौती गर्ने जनाएको छ। पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुन्डोल, पुरानो मन्त्री क्वार्टर, सम्झिखेल र अरूण थापा चोक क्षेत्र प्रभावित हुनेछन्।
प्राधिकरणका अनुसार, पाटनको १३२ केभी सबस्टेशनमा प्राविधिक कार्य गर्नुपर्ने भएकाले लाइन काटिन लागेको हो। बिजुली कटौतीका कारण हुने असुविधाप्रति प्राधिकरणले ग्राहकसँग माफी माग्दै तोकिएको समयभित्रै काम सम्पन्न गरी सेवा पुनः सुचारु गरिने आश्वासन दिएको छ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१ ०५:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय