Harsamaya
मेलम्ची पुनर्निर्माणमा प्रदेश सरकारको प्रतिबद्धता: ‘विकासमा कुनै कञ्जुस्याई हुँदैन’
बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामा।

 मेलम्ची - बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले बाढिले क्षतिग्रस्त मेलम्ची क्षेत्रकाे विकासमा प्रदेश सरकार सकारात्मक रुपमा लाग्ने बताएका छन्। मेलम्ची नगरपालिकाद्वारा बिहीबार आयाेजित विकास र विपद सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बाेल्दै लामाले मेलम्चीकाे विकासमा कुनै कञ्जुस्याई नगर्ने बताएका हुन्। 

कार्यक्रममा नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र प्रदेश सरकारका आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेले यहाँकाे विकास अपरिहार्य रहेकाे बताए। कार्यक्रमका सभापति नगरप्रमुख आइतमान तामाङले नगरकाे समग्र विकासका लागि सहयोग गर्न मुख्य मन्त्री र मन्त्रीहरुलाई आग्रह गरेका थिए।

नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलकाे बैठकमा मेलम्ची -३, स्थित प्रकृति रिसाेर्ट जाने क्रममा नगरपालिकामा आएका मुख्य मन्त्री , मन्त्री र प्रदेशसभा सदस्यहरुसँग नगरले अन्तरक्रिया कार्यक्रम आयाेजना गरेकाे हाे ।उक्त कार्यक्रमको लागि प्रदेश सभा सदस्य माननीय कृष्ण कुमार तामाङले समन्वय गरेका थिए।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  ०५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update