Harsamaya
म्याग्दीमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते
सांकेतिक तस्वीर: हर समय/Har Samaya

म्याग्दी - धवलागिरि गाउँपालिका–२ लुलाङमा बिहीबार अपराह्न ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

देउरालीदेखि लुलाङतर्फ जाँदै गरेको ग ७१ त ९० नम्बरको ट्याक्टर ढोलढार भन्ने ठाउँमा दुर्घटना हुँदा लुलाङका २० वर्षीय पूर्णलाल रसाइलीको घटनास्थलमै मृत्यु भएको हो । सो दुर्घटनामा चार जना घाइते भएको घटनास्थलमै रहेका धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए । 

तीन घाइतेको लुलाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको र एक जनालाई एम्बुलेन्समा राखेर थप उपचारका लागि बेनी पठाइएको छ । ताकम प्रहरी चौकीको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update