हत्या मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

संखुवासभा - कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
चैनपुर नगरपालिका–९ बस्ने ५१ वर्षीय चतुरमान तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
भोजपुर घर भएका ३६ वर्षीय परशुराम विकको २०६१ चैत २२ गते हत्या गरेको घटनामा जिल्ला अदालत संखुवासभाको २०६७ कात्तिक १७ गतेको फैसलाले २० वर्ष कैद सजाय ठहर गरेको थियो ।
तर, फैसला भएको लामो समयसम्म पनि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले चैनपुर नगरपालिका–९ खाम्लिङबाट पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत संखुवासभा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय खाँदबारी पठाइएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१ १७:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय