७४० भेपसहित खुर्सानीबारीबाट कन्टेनर समातियो

काठमाडौँ - तातोपानी भन्सार नाकाबाट काठमाडौंका लागि छुटेको ७४० थान भेपसहितको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गएराति ना ६ ख ५४९६ नम्बरको ट्रक र चालक प्रवीण खत्रीलाई अस्थायी प्रहरी चौकी खोर्सानीबारीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
ट्रकको कन्टेनरमा सुपरमार्केटको सामान र अन्य रेडिमेट सामग्री ठूलो मात्रामा रहेको भन्सार स्रोतले बताएको छ । प्रहरीले उक्त ट्रकलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१ ०९:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय