Harsamaya
मुक्तिनाथ विकास बैंकद्वारा बैसाखी वितरण
मुक्तिनाथ विकास बैंकले कञ्चनपुरमा अपांगता संरक्षण नेपाल संस्थासँग साझेदारीमा शारीरिक अपांगता भएका व्यक्तिलाई आवश्यक पर्ने बैसाखी वितरण ।

काठमाडौं - मुक्तिनाथ विकास बैंकले कञ्चनपुरमा अपांगता संरक्षण नेपाल संस्थासँग साझेदारीमा शारीरिक अपांगता भएका व्यक्तिलाई आवश्यक पर्ने बैसाखी वितरण गरेको छ। 

देशभरबाट शारीरिक अपांगता भएका व्यक्तिहरूबाट दैनिक कार्य गर्न असहज भएकाले बैसाखी तथा सेतो छडीको आवश्यकताका लागि उक्त संस्थामा निकै निवेदन आउने गरेको, उक्त संस्थाको समन्वयमा बैंकले बैसाखीहरू वितरण गरेको थियो ।

बैंकले हालै 'मोबाइल एक, फाइदा अनेक' लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ। त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरू कार्यकबैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update