कार्यालयमा कर्मचारी मृत फेला

उर्लाबारी - मोरङको उर्लाबारीस्थित जीवन विकास लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख भूपेन्द्रकुमार साह झुन्डिएको अवस्थामा फेला परेका छन् ।
गत मङ्सिर २ गते उर्लाबारी शाखाका प्रमुख भएर आएका ३२ वर्षीय साह उर्लाबारी-७ स्थित कार्यालयभित्र नै मृत भेटिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालले जानकारी दिए ।
मोरङको रतुवामाई ४ झुर्किया स्थायी घर भएका साहलाई बिहान कार्यालय खुल्ने समयसम्म पनि नदेखिएपछि अन्य कर्मचारीले खोजी गर्ने क्रममा झुन्डिएको अवस्थामा फेला पारिएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१ ०९:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय