Harsamaya
स्विइमिङ पुलमा डुब्दा बालकको ज्यान गयो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सिन्धुपाल्चोक -  एक बालकको स्विइमिङ पुलमा डुबेर मृत्यु भएको छ । सुनकोशी गाउँपालिका ४, यमुनाडाँडाका ७ वर्षका सुसन तामाङको मंगलबार साँझ ज्यान गएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । 

प्रहरीका अनुसार सार्वजनिक स्थानमा रहेको स्वीइमिङ पुलमा डुबेर बेहोस भएका उनको उपचारका लागि सदाबहार अस्पताल खाडीचौरमा लगिएको थियो । उनको उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेको थिए । 
 

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update