चितवनकी पत्रकार संगीता बानियाँको निधन

भरतपुर - नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य संगीता बानियाँको निधन भएको छ ।
ब्रेन क्यान्सर पीडित बानियाँको उपचारको क्रममा आज बिहान २:४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको उनको परिवारले जनाएको छ ।
पत्रकार बानियाँको पार्थिव शरिर केही बेरमा भरतपुर–१६ शिवनगरस्थित आफ्नै घरमा लगेर अन्तिम संस्कारको लागि देवघाट लगिँदैछ ।
बानियाँको उपचारमा आर्थिक अभाव भएपछि केही समयदेखि आर्थिक संकलन अभियान सञ्चालन भइरहेको थियो ।
पीडित बानियाँलाई शुरुवातमा स्तन क्यान्सर देखिए पनि स्तन क्यान्सर पूर्णरुपमा निको भएको थियो । तर, पुनः ब्रेनमा क्यान्सर देखिएको थियो । बानियाँ लामो समयदेखि स्थानीय शिवशक्ति रेडियोमा कार्यरत थिइन् ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१ ०७:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय