प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौं - प्रतिनिधिसभाको बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुनेछ भने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले तीनवटा विधेयक प्रस्तुत गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१ ०७:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय