Harsamaya
हिमाली क्षेत्रमा हिमपातको सम्भावना
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - जल तथा मौसम विज्ञान विभागले आज मुलुकका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ । 

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा भने आंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ ।

मधेस प्रदेशमा आज तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ । बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ भने तराई क्षेत्रमा सफा रहने छ । 
    
गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 
    
लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ भने पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update