Harsamaya

काठमाडौं - सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले अहिले राष्ट्रिय सरकार गठनको चर्चा गर्नुको कुनै तुक नरहेको टिप्पणी गरेका छन् । 

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री गुरुङले अहिलेको सरकार नै राष्ट्रिय सरकार रहेको भन्दै अर्को राष्ट्रिय सरकार गठनको चर्चा गर्नुको कुनै तुक नरहेको बताएका हुन् । 

माओवादी सत्तामा आउने बित्तिकै गणतन्त्र बलियो हुन्छ भन्ने तर्क उचित नभएको उनले बताए । उनले सरकार परिवर्तनको हल्ला चलाउनु माओवादीको स्टन्डबाजीमात्रै भएको जिकिर गरे । 

उनले राजावादीको चुनौती महसुस गरेको भए मोर्चाबाट सामना गर्न माओवादीलाई सुझाव दिए । 

उनले सरकार गठनका समयमा कांग्रेस र एमालेबीच भएको सहमतिमध्ये संविधान संशोधनमात्र हुन बाँकी रहेको र बाँकी सबै सहमति कार्यान्वयन भइरहेको उल्लेख गरे । 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update