Harsamaya

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी र समानुपातिक व्यवस्थासहितको अहिलेको संविधान निकै राम्रो रहेको बताएका छन् । 

नेपाल डेमोक्रेट्रिक लयर्स एशोसियसन र पेशागत बुद्धिजीवी विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले संविधानले सबैलाई अधिकारसम्पन्न बनाएको भन्दै समावेशी र समानुपातिक व्यवस्थासहितको अहिलेको संविधान निकै राम्रो रहेको बताएका हुन् । 

उनले अहिलेको प्रणालीले कुनै पनि दलको बहुमत आउन कठिन भएकाले यसलाई बुझेर बहुमत ल्याउने प्रयत्न गर्नुपर्ने धारणा राखे । पार्टीले धेरै मिहिनेतका बाबजुद  कांग्रेस ठूलो पार्टी बन्न सफल भएको उनको भनाइ छ ।

त्यस्तै सभापति देउवाले संविधानमा महिलालाई दिएको अधिकारका कारण राज्यका विभिन्न निकायमा महिलाको प्रत्यक्ष सहभागीता हुने मौका मिलेको बताए । 

कार्यक्रममा संविधान संशोधनका विषयमा प्रदेशस्तरीय अन्तरक्रियाबाट प्राप्त सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरिएको थियो 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update