Harsamaya
बलात्कार गरेको आरोपमा सल्यान र कैलालीबाट दुईजना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सल्यान - जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार सल्यान र कैलालीबाट दुई जना पक्राउ परेका हुन् ।

सल्यानमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धकुमाख गाउँपालिका–१ कागखोला बस्ने १९ वर्षीय नबराज बुढाथोकीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

नबराजले ती बालिकालाई गत फागुन २९ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उता, कैलालीमा भने २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका–१२ जुगेडा बी गाउँ बस्ने २४ वर्षीय राजेश बिष्टलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

राजेशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update