Harsamaya
सुनको भाउले तोड्यो रेकर्ड: अब अझै बढ्ने संकेत?
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बुधबार मात्र प्रतितोला ८०० रुपैयाँले वृद्धि भई सुन १ लाख ७६ हजार रुपैयाँ मा कारोबार भइरहेको छ।

मंगलबार नै सुनको मूल्य १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको थियो, जुन पहिलेको सबैभन्दा उच्च रेकर्ड थियो। यो वृद्धिले सुनमा लगानी गर्नेहरू उत्साहित भए पनि उपभोक्ता र गहना व्यापारीहरूलाई भने झन् दबाब बढाएको छ।

यता, चाँदीको भाउ भने केही घटेको छ। अघिल्लो दिन २ हजार ५० रुपैयाँ मा कारोबार भइरहेको चाँदी आज ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँ मा झरेको छ।

किन बढ्दैछ सुनको भाउ?

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा अस्थिरता, अमेरिकी डलरको प्रभाव, ब्याजदरको उतारचढाव तथा लगानीकर्ताको सुनप्रतिको आकर्षण बढेका कारण नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको हो।

विशेषज्ञहरूका अनुसार आगामी दिनहरूमा पनि सुनको मूल्य अझै बढ्ने सम्भावना रहेको छ। लगानीकर्ताहरूका लागि यो अवसर हुन सक्छ भने सुन किन्न चाहने उपभोक्ताहरूले भने मूल्य स्थिरताको प्रतीक्षा गर्नु उपयुक्त हुने देखिन्छ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update