Harsamaya
प्रतिनिधिसभाको बैठकबाट नागरिकता विधेयक पारित गरिदैं
संघीय संसद भवन, नयाँ बानेश्वर । तस्वीर: हर समय/Har Samaya

काठमाडौं - प्रतिनिधिसभाको बैठक बस्दैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजेबाट सुरू हुनेछ ।

संघीय संसद सचिवालयका अनुसारका आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । 

राष्ट्रियसभामा उत्पति भएको ‘तिलगंगा नेत्र विश्व विद्यालय विधेयक, २०८१’को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ ।

गृह मन्त्री रमेश लेखकले ‘सशष्त्र प्रहरी बल, नेपाल बिधेयक, २०८१ लाइ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘नेपाल नागरिकता (दोस्रो संसोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । र, उक्त विधेयक माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

साथै, सो विधेयक आजै पारित गर्ने योजना रहेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

Capture.JPG-3358-1742347446.jpg
 


 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update