Harsamaya
इजरायलले गाजामा गरेको आक्रमणमा २२० जनाको मृत्यु
गाजा । प्रतिकात्मक तस्वीर ।

गाजा - मङ्गलबार इजरायलले जनवरीको युद्धविरामपछि मङ्गलबार गाजा पट्टीमा आफ्नो सबैभन्दा तीव्र आक्रमण गरेको छ । 

उद्धारकर्ताहरूले दुई सय २० जनाको मृत्यु भएको जानकारी दिएका छन् । हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम विस्तार गर्ने गतिरोधपछि ‘युद्ध पुनः सुरु गर्ने’ निर्णय गरेको आरोप लगाएको छ ।

इजरायलले आक्रमणको लहर सुरु गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग परामर्श गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ । आक्रमणमा अधिकांश महिला, बालबालिका र वृद्धहरूको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् ।

एक इजरायली अधिकारीले सैन्य अभियान ‘जति आवश्यक छ त्यति लामो समयसम्म जारी रहने’ र ‘हवाई आक्रमणभन्दा बाहिर विस्तार हुने’ अपेक्षा गरिएको बताए ।

एएफपी फुटेजमा मानिसहरूले साना बालबालिकासहित घाइते व्यक्तिहरूसँग खान युनुसको नासेर अस्पतालमा स्ट्रेचरहरू दौडिरहेको देखाइएको छ । सेतो तन्नााले ढाकिएका शवलाई पनि अस्पतालको शवगृहमा लगिएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update