Harsamaya
मोरङमा आगलागीमा परी बालिकाको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

मोरङ - धनपालथान गाउँपालिका–७ कदमाहा टोलमा आज आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ । 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मोहम्मद हानिफका तीन वर्षीया छोरी रेश्मा खातुनको जलेर मृत्यु भएको हो । 

आगलागी विद्युत् चुहावटका कारण भएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update