Harsamaya
चौतारा बहुमुखी क्याम्पसमा फर्जी मत हाल्न खोजेपछि विवाद, अनेरास्विवयुले मतपेटिका नै फाले 
चौतारा बहुमुखी क्याम्पसमा भइरहेको स्ववियू निर्वाचनमा तनाव ।

सिन्धुपाल्चोक  - चौतारा बहुमुखी क्याम्पसमा भइरहेको स्ववियू निर्वाचनमा तनाव सिर्जना भएको छ । फर्जी मत हाल्न खोजेपछि विवाद सिर्जना भएको बुझिएको छ । 

नेविसंघका एक विद्यार्थीले फर्जी मत हाल्न क्रान्तिकारीले खोजेपछि विवाद भएको बताएका छन् । अहिले दुवैपक्षबीच ढुंगा हानाहान भइरहेको छ । 

विवाद भएपछि अनेरास्विवयुका विद्यार्थीले मतपेटिका नै फालेका थिए । अनेरास्विवयू क्रान्तिकारीले निर्वाचन सुचारु गर्न दबाब दिँदै नारावाजी गरेका छन् भने गठबन्धन (नेविसंघ र अनेरास्विवयु) ले फर्जी मत हाल्न पाइँदैन भन्दै नारावाजी गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update